Monday, November 6, 2017

स्वतन्त्रता आन्दोलन निस्तेज पार्न नेपाली राष्ट्रीयता प्रति वफादारहरूलाई संसदमा ल्याउने योजना : श्याम सुन्दर मण्ड़ल


स्वतन्त्रता आन्दोलन निस्तेज पार्न नेपाली राष्ट्रीयता प्रति वफादारहरूलाई संसदमा ल्याउने योजना...
राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गर्दै सर्लाही -३ र सप्तरी -२बाट ठाकुर र यादवलाई बिजयी बनाउन सो क्षेत्रबाट काँग्रेसले उम्मीदवारी फिर्ता लिएको छ । ठाकुर र यादवजी दुवैले नेपाली सत्ता, संसद र सरकारलाई सधैं सघाउँदै आएका छन । आन्दोलन तीब्र बनिरहेको बेला, मधेशको मैदानमा नेपाली गोलीबाट मधेशीहरू ढलिरहेको बेला मधेशी जनताहरूको ईच्छा आकांक्षा विपरीत तिनी संयोजक र अध्यक्षले प्रधानमंत्रीको चुनावमा प्रचण्ड र सुशील कोईरालालाई वोट हाल्न संसद पुगेका थिए ।
मधेशी जनताको हक-हित, स्वतन्त्रता, स्वाधीनता र नेपाली उपनिवेशमा बाँचि रहेका आम मधेशीहरूका मुक्तिका लागि लड़िरहेका स्वतन्त्र मधेश गठबन्धन र तिनका संयोजक गैर-न्यायिक हीरासतमा रहेका बखत मानवीय नाताका हिसाबले समेत एक विज्ञप्ती सम्म लेख्न आवश्यक ठानेका थिएन । बरू अन्य कार्यकर्ताहरूलाई निरूत्साहित गर्ने, आजाद़ी आन्दोलनलाई बिखण्डन प्रचारित गरी बदनाम गर्ने तथा कार्यकर्ताहरूलाई धरपकड़ गर्दा मौनता साधी नेपाली पुलिस प्रशासनलाई उत्साहित पार्ने वतावरण दिईरहेको देखिन्थ्यो ।
चुनाव हुन नसकि रहेको अवस्थामा मधेशमा नेपाली शासन कमजोर बनिरहेको अवस्थामा मधेश आन्दोलन, काला दीवस, सहीदहरूको आलो रगत सबैलाई बिर्सेर चुनावमा सहभागी भई मेयर मुखिया बनी नेपाली शासनलाई मधेशको गाँव र नगरहरूमा संरक्षित गर्न योगदान दिएका थिए । स्वतन्त्रता आन्दोलन र नेपाली शासनसत्ता बीच अवरोध बनी नेपाली शासनलाई मधेशमा मजबुत बनाई रहेका छन । स्वतन्त्र मधेश गठबन्धन र डा. सीके राउत भन्दा हाम्रा यी नेताहरूका लागि नेपाली शासनसत्ता र त्यहाँको स्वाद बढी प्रिय रहेको सत्य यसले स्पष्ट पारेको छ ।
‘महन्थ ठाकुर र उपेन्द्र यादव जस्ता मधेशीहरू नेपाली संसद र सत्तामा आवश्यक रहेको साथै सांकेतिक रुपमा भएपनि गठबन्धनलाई कायम राख्ने उद्येश्य रहेको बताईए पनि मुख्य रूपमा मधेशमा सल्कि रहेको स्वतन्त्रता आन्दोलनलाई छायाँमा पार्न तथा डा. सीके राउत एवं स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरूलाई लगाम कस्न सहज हुने देखेर उपेन्द्र यादव र महन्थ ठाकुर जस्ता मधेशी नेताहरू आवश्यक हुने उद्येश्यबाटै काँग्रेसको यो निर्णय आएको हो ।
स्मरण रहोस, मधेशी भनिने दलहरू बलियो भई रहुञ्जेल स्वतन्त्रता आन्दोलन कमजोर रहि रहने मान्यता नेपाली शासकहरूको रहेको छ ।
जय मधेश!
कांग्रेसले ठाकुर र यादवलाई समर्थन गरेपछि राजपा-फोरमले धनुषा ३ मा के गर्छ हेर्न बाँकी छ ।
तर, विमलेन्द्र निधिले आफ्नो पहलमा यादव र ठाकुरलाई समर्थन गर्ने निर्णय गरेर धनुषा ३ मा मधेस केन्दि्रत दलका कार्यकर्ताको सहानुभूति आफूतिर तान्न खोजेको संकेत देखिएको छ ।

0 comments:

Post a Comment

लोकप्रिय

Contact Us

Online Saptari Khabar
Address: Bhardaha-1, Saptari Nepal
E-mail: ganeshrautchandan@gmail.com
Mobile: +977-9817363128
Editor: Mr. Ganesh Raut

Blog Archive