Sunday, November 26, 2017

मधेशभरि रंगभेदी दिवस भव्यताका साथ मोरंग देखि बर्दिया सम्मको जिल्लामा मनाइयो, ३ जना स्वराजी सिरहाबाट पक्राऊ


२०७४ साल मंसीर १० गते
स्वतन्त्र मधेश गठबन्धनले मंसीर १० गते आइतबार मधेश भरि कै जिल्लाहरूमा रंगभेदी गिरफ्तारीको वार्षिकी मनाउनुको साथै आफ्नो “नो भोट” अभियानको क्रममा भएको दमनको विरोध प्रदर्शन गरेको छ। सो क्रममा सिरहाबाट राजकुमार यादव (त्यागी), रामकरण यादव र सुरेश प्रसाद यादवलाई नेपाल प्रहरीले पक्राऊ गरेको छ। यस अगाडि आउँदो निर्वाचनमा जनताले आफ्नो “राइट-टू-रिजेक्ट” प्रयोग गरी “नो भोट” का लागि प्रचार-प्रसार गरेको अभियोगमा मंसीर ९ शनिबार सप्तरीको राजविराजबाट शंकर खडका, बाँकेको हिर्मिनियाबाट बेद प्रकाश र डुडुवा-६ बाट अब्दुल शेष, तथा मंसीर ७ गते बिहीबार रौतहटबाट अशोक सिंह र वीरेन्द्र कुमार साहलाई नेपाल प्रहरीले पक्राऊ गरी हिरासतमै राखेको छ।

मोरंग देखि बर्दियासम्म गाउँ-गाउँ स्तर सम्मै भएको प्रदर्शनमा सहभागीहरुले ‘रंगभेदको अंत गर’, ‘हाम्रो “नो-भोट| कहाँ गयो’, ‘यो चुनाव झूठो हो’, ‘जनमतसंग्रह घोषणा होस् – मधेश देश स्वतंत्र होस्’, औपनिवेशिक शासन अंत गर’, ‘मधेश स्वतंत्र गर’, ‘डा. सी.के. राउतलाई मुक्त गर’ जस्ता नाराहरू लगाएका थिए।

२०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३०० भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यस वर्ष पनि मंसीर १० गते प्लाकार्ड सहित शांतिपूर्ण प्रदर्शन गर्दै 'रंगभेदी गिरफ्तारीको वार्षिकी' मनाउने निर्णय गरेको थियो । यस भन्दा अगाडी सो दिवस मनाउने क्रममा २०७२ सालमा १५० जना तथा २०७३ सालमा १०० भन्दा बढी स्वराजीले विभिन्न जिल्लाबाट गिरफ्तारी दिएका थिए।

शांतिपूर्ण रुपले प्रदर्शन गर्दा समेत नेपाल प्रहरीद्वारा गरिएको यस गिरफ्तारीको गठबन्धन घोर-भर्त्सना गरेका छन् ।  र सम्पूर्ण पत्रकार, मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारद्वारा गरिएको यस कुकृत्यको विरोधमा सशक्त आवाज उठाई दिनुहुन विनम्र अनुरोध गरएका छन् ।


0 comments:

Post a Comment

लोकप्रिय

Contact Us

Online Saptari Khabar
Address: Bhardaha-1, Saptari Nepal
E-mail: ganeshrautchandan@gmail.com
Mobile: +977-9817363128
Editor: Mr. Ganesh Raut

Blog Archive