#आजाद़ी_नजिक छ
"स्वतन्त्र मधेश गठबन्धन"को आस्था, आदर्श र विचारले मधेशका बुद्धिजीवी र
राजनैतिर रूपमा सचेत मधेशीहरूको विश्वास जबर्जस्त रूपमा आकर्षित गर्न सफल
भएका छन । काँग्रेस एमालेको शासकीय शक्ति एवं कथित मधेशी दलहरूको छल,
प्रपंच र भ्रमका बीच नेपाली साम्राज्य भित्रका ८ जिल्लामा असोज २ गते
सम्पन्न स्थानीय निर्वाचनमा २१ लाख मतदाता मध्ये ३ लाख अधिकको मत हासिल
गर्न सफल भएको छ । शासकीय तथा मधेशी भनिने
दलहरूले खर्चेको करोडौं रकम, लोभ लालच, दारू, मांस आदिले अचेत मधेशी बाहेक
सचेत मधेशीहरूको मतमाथि कुनै प्रभाव पार्न सकेन । सचेत मधेशीको मतहरूले
कुनै लालच बिना स्वतन्त्र मधेशको एजेन्डालाई खुलेर वकालत गरेको छ । यो
स्वतन्त्र मधेश निर्माणका लागि सुखद संकेत हो ।
अचेत मधेशीहरूका मत तान्न मेयर, मुखिया र अध्यक्षका उम्मीदवारहरूले लाखौं
करोडों रकम खर्च गरेका छन । १४ वर्ष देखि माथि उमेर रहेका युवाहरूलाई
परिचालित गर्न दारू, मांस र नास्ता-पानीमा समेत मोटो रकम खर्चिएका छन ।
स्वतन्त्र मधेश अभियानका विरूद्ध अनेकौं भ्रामक प्रचार गरी मतदातालाई
प्रभावित गरिएको छ । मत-बदर गर्नु अनुचित हो, मत-बदरको कुनै मुल्य मान्यता
छैन, यसको गिन्ती हुँदैन, मधेश स्वतन्त्र हुनै सक्दैन, स्वतन्त्रता
अभियानमा लाग्नेहरूको जीवन सुरक्षित छैन जस्ता भ्रमहरू कमजोर र अचेत
मतदाताहरूमा फैलाई "कोठली बाहर" मतदानका विरूद्ध जनमत तैयार पारियो ।
बावजुद यसका राजनैतिक रूपमा सचेत र स्वतन्त्र मधेश प्रति आस्थावान मधेशी
बुद्धिजीवी, विद्यार्थी र युवाहरूको दृढ़तालाई भंग गर्न सकेन । सचेत मतहरू
कोठली बाहिर परे र स्वतन्त्र मधेश गठबन्धनलाई मधेशमा सशक्त रूपमा स्थापित
गराई छाड़े । डा. सीके राउत र नेतृत्व जो "कोठली बाहर मतदान अभियान" का
सर्जक थिए, उनीहरू धन्यवादका पात्र हुन जसले स्वतन्त्र मधेशको विचारलाई
नेपाली शासकको मन मस्तिष्कमा गहिरो छाप एवं चिन्ता जगाउन सफल बनाएका छन ।
मधेशी जनतामा स्वतन्त्र मधेश देश निर्माण प्रति आशा र विश्वास जगाउन सफल
बनाएका छन । मधेशी नेता एवं दलहरूमा गुलामीको विचारले तिनीहरूको भविष्य
संकटमा फँस्न सक्ने अवस्थाको संकेत गर्न सफल भएको छ ।
"कोठली बाहर" अभियानले मधेश देश निर्माणको परिस्थिति सहज र निकट हुँदै गएको शुभ संकेत गरेको छ । कोठली बाहर मतदान अभियानमा आफ्नो अमूल्य समय लगानी गरी भोक, प्यास, पैसा, पसिना, डर, धम्की, दबाव आदिको परवाह नगरी दिनरात एक गरी गाँव गाँव, नगर नगर, टोल टोल, घर-घर पुगी स्वतन्त्रता आन्दोलनलाई यस परिस्थितिमा पुर्याएको प्रति उच्च मुल्यांकन गर्दै धन्यवाद र आभार प्रकट गर्दछौं ।
"स्वराज संजीवनी अभियान जारी राखौ, मधेश देश निर्माणको महान लक्ष प्रति समर्पित बनौं !"
जय मधेश !!

0 comments:
Post a Comment