वीरगंज,
२१ असोज । राष्ट्रिय जनता पार्टी नेपाल वीरगंज महानगर कमिटीद्वारा वीरगंजको
बिर्ता बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका
पूर्वक्षेत्रीय सचिवको नेतृत्वमा करिब दुई सय जना राजपा नेपालमा प्रवेश
गरेका छन् ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मीले अबिर, माला लगाइ स्वागत गरेका थिए । स्थानीय नेता रत्न साह कानुको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई केन्द्रिय सदस्य रम्भा मिश्रा, वीरगंज महानगर अध्यक्ष एवं विधायक पदका प्रत्यक्ष तर्फका सम्भावित उम्मेदवार ओमप्रकाश सरार्फ लगायतले सम्बोधन गरेका थिए ।
नगर उपाध्यक्ष सुरेश साह कानुले स्वागत मन्तव्य एवं नगर कोषाध्यक्ष संचालन गरेका कार्यक्रममा नगर सचिव संजय पटेल, युवा नेताहरू रिजिवी खालिद, राम कुमार लगायतको उपस्थित रहेको थियो ।
पार्टी प्रवेश गर्नेहरूमा जयदिप सरार्फ, अभिषेक गुप्ता, रमेश गोसाइ, राजाराम गोसाइ, गुर्देली गोसाइँ, आसमा खातुन, सायदा खातुन, प्रतिमा देवि गोसाइँ, बाल कृष्ण ताम्राकार, दिपेन्द्र ताम्राकार, इमरान खान, साजन खान, खुस्बु खातुन, नाजिर आलमलगायत करिब दुई सय जना विभिन्न पार्टी परित्याग गरि राजपा नेपालमा प्रवेश गरेका छन् ।

0 comments:
Post a Comment