विराटनगर, १३ मंसिर । नो भोटको प्रचारप्रसार गरिरहेका स्वतन्त्र मधेश गठबन्धनका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । मोरंङ जिल्ला प्रहरी कार्यालयले स्वतन्त्र मधेश गठबन्धन मोरंङको जिल्ला संयोजक डा. प्रमेशवर मुरमुरलाई उनको कार्यालयबाट र श्रीराम चौधरी थारुलाई उनको पसलबाट गिरफ्तार गरेको छ ।
डा. मुरमुर र चौधरी दुवै जना नो भोटका लागि सक्रिय रुपमा मत बदर अभियानमा लागेका थिए । स्थानीय निकायको चुनावमा मोरंगबाट मात्र स्वतन्त्र मधेशको पक्षमा कोठली बाहिर १९ हजार भन्दा बढी मत नो भोट भएको गठबन्धनको दाबी छ ।
0 comments:
Post a Comment