Wednesday, November 29, 2017

नो भोटको प्रचार गरिरहेका गठबन्धनका दुई जना बिराटनगरबाट पक्राउ


विराटनगर, १३ मंसिर । नो भोटको प्रचारप्रसार गरिरहेका स्वतन्त्र मधेश गठबन्धनका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । मोरंङ जिल्ला प्रहरी कार्यालयले स्वतन्त्र मधेश गठबन्धन मोरंङको जिल्ला संयोजक डा. प्रमेशवर मुरमुरलाई उनको कार्यालयबाट र श्रीराम चौधरी थारुलाई उनको पसलबाट गिरफ्तार गरेको छ । 

डा. मुरमुर र चौधरी दुवै जना नो भोटका लागि सक्रिय रुपमा मत बदर अभियानमा लागेका थिए । स्थानीय निकायको चुनावमा मोरंगबाट मात्र  स्वतन्त्र मधेशको पक्षमा कोठली बाहिर १९ हजार भन्दा बढी मत नो भोट भएको गठबन्धनको दाबी छ ।

Sunday, November 26, 2017

मधेशभरि रंगभेदी दिवस भव्यताका साथ मोरंग देखि बर्दिया सम्मको जिल्लामा मनाइयो, ३ जना स्वराजी सिरहाबाट पक्राऊ


२०७४ साल मंसीर १० गते
स्वतन्त्र मधेश गठबन्धनले मंसीर १० गते आइतबार मधेश भरि कै जिल्लाहरूमा रंगभेदी गिरफ्तारीको वार्षिकी मनाउनुको साथै आफ्नो “नो भोट” अभियानको क्रममा भएको दमनको विरोध प्रदर्शन गरेको छ। सो क्रममा सिरहाबाट राजकुमार यादव (त्यागी), रामकरण यादव र सुरेश प्रसाद यादवलाई नेपाल प्रहरीले पक्राऊ गरेको छ। यस अगाडि आउँदो निर्वाचनमा जनताले आफ्नो “राइट-टू-रिजेक्ट” प्रयोग गरी “नो भोट” का लागि प्रचार-प्रसार गरेको अभियोगमा मंसीर ९ शनिबार सप्तरीको राजविराजबाट शंकर खडका, बाँकेको हिर्मिनियाबाट बेद प्रकाश र डुडुवा-६ बाट अब्दुल शेष, तथा मंसीर ७ गते बिहीबार रौतहटबाट अशोक सिंह र वीरेन्द्र कुमार साहलाई नेपाल प्रहरीले पक्राऊ गरी हिरासतमै राखेको छ।

मोरंग देखि बर्दियासम्म गाउँ-गाउँ स्तर सम्मै भएको प्रदर्शनमा सहभागीहरुले ‘रंगभेदको अंत गर’, ‘हाम्रो “नो-भोट| कहाँ गयो’, ‘यो चुनाव झूठो हो’, ‘जनमतसंग्रह घोषणा होस् – मधेश देश स्वतंत्र होस्’, औपनिवेशिक शासन अंत गर’, ‘मधेश स्वतंत्र गर’, ‘डा. सी.के. राउतलाई मुक्त गर’ जस्ता नाराहरू लगाएका थिए।

२०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३०० भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यस वर्ष पनि मंसीर १० गते प्लाकार्ड सहित शांतिपूर्ण प्रदर्शन गर्दै 'रंगभेदी गिरफ्तारीको वार्षिकी' मनाउने निर्णय गरेको थियो । यस भन्दा अगाडी सो दिवस मनाउने क्रममा २०७२ सालमा १५० जना तथा २०७३ सालमा १०० भन्दा बढी स्वराजीले विभिन्न जिल्लाबाट गिरफ्तारी दिएका थिए।

शांतिपूर्ण रुपले प्रदर्शन गर्दा समेत नेपाल प्रहरीद्वारा गरिएको यस गिरफ्तारीको गठबन्धन घोर-भर्त्सना गरेका छन् ।  र सम्पूर्ण पत्रकार, मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारद्वारा गरिएको यस कुकृत्यको विरोधमा सशक्त आवाज उठाई दिनुहुन विनम्र अनुरोध गरएका छन् ।


Saturday, November 25, 2017

पहिलो चरण चुनाव अन्तर्गत प्रदेशसभा र प्रतिनिधिसभाको मतदान सुरु


१० मंसिर, काठमाण्डौ । अहिले बिहान ७ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ ।
मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको छ । मतदान गर्न बिहानैदेखि मतदाताहरु लामवद्ध भएका छन् ।

मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।
संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।
पहिलो चरणअन्तर्गत प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ

source: news24nepal dot tv

सप्तरीसहित विभिन्न स्थानबाट चार स्वराजी पक्राउ


राजविराज, ९ मंसिर । सप्तरीको राजविराजबाट शंकर खड्गा र नाम नखुलेका तथा बाँकेको हजमिनियाबाट बेद प्रकाश र डुडुवा–६ बाट अब्दुल शेख गरी ४ जनालाई नेपाल प्रहरीले ‘नो भोट’कालागि प्रचार–प्रसार गरेको अभियोगमा शनिवार पक्राउ गरेको छ ।
नेपालको सर्वोच्च अदालतले विगतमा ‘राइट टू रिजेक्ट’को प्रावधान निर्वाचनमा राख्न निर्देश गरे तापनि वर्तमान निर्वाचनमा सो प्रावधान नराख्दा त्यसको विकल्पको रुपमा स्वतन्त्र मधेश गठबन्धनले, नेपालको विभेदपूर्ण संविधान तथा औपनिवेशिक शासन आफूहरुलाई स्वीकार्य न भएको जनाउनकालागि, मतपत्रमा ‘कोठा बाहिर मोहर’ लगाई ‘नो भोट’ खसाउनकालागि जनतासँग अपील गर्दै आएको छ । तर नेपाल सरकारले निर्वाचनमा ‘नो भोट’ खसाउनका लागि शान्तिपूर्ण रुपमा जनतासँग आह्वान गरिरहेका कार्यकर्ताहरुलाई समेत निशाना बनाई तिनीहरुलाई डराउने–धम्काउने, यातना दिने तथा पक्राउ गर्ने कार्य गरिरहेको गठबन्धनका सह–संयोजक कैलाश महतोद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।
यस अघि स्थानीय चुनावको क्रममा समेत सो गतिविधिमा संलग्न भएको अभियोगमा गठबन्धनका प्रवक्ता समेत गरी दर्जनौं कार्यकर्ताहरूलाई नेपाल प्रहरीले गिरफ्तार गरेको थियो । शान्तिपूर्ण रुपमा ‘नो भोट’ का लागि आह्वान गरिरहेका समर्थकहरुको गिरफ्तारीले लोकतान्त्रिक मूल्य–मान्यता तथा आधारभूत मानवअधिकारको घोर उल्लंघन भएको गठबन्धनको ठहर रहेको भन्दै उनीहरुको अविलम्ब निःशर्त रिहाईको प्रेस विज्ञप्ति मार्फत माग गरिएको
source:newstoday dot com dot np

Thursday, November 23, 2017

चुनाव प्रचारमा हिडेका स्वतन्त्र मधेश गठबन्धनका दुई कार्यकर्ता पक्राउ


८ अगहन २०७४ । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि चुनावी प्रचार प्रसारमा लागेको स्वतन्त्र मधेश गठबन्धनका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।
डा.सीके राउत नेतृत्वको गठबन्धनले ‘राईट टु रिजेक्ट’ अभियान अन्तरगत मत बदरका लागि अभियान चलाउँदै आएको छ । मत बदर अभियानको प्रचार प्रसारमा लागेका रौतहटका अशोक सिंह र बीरेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
विहीबार प्रहरीले साहलाई पिपरा बजारको चिया पसलबाट पक्राउ गरेको हो भने सिंहलाई हजमिनियास्थित घरबाट पक्राउ गरेको हो ।
प्रहरीले निर्वाचन विरोधी अभियानमा लागेको भन्दै उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
नयाँ संविधानले मधेशको माग सम्बोधन नगरेको भन्दै गठबन्धनले निर्वाचनमा मतबदर अभियान चलाएको हो ।
स्थानीय निकायको निर्वाचनमा कोठा बाहिर मतदान गरेर मत बदर अभियान चलाएको थियो ।
यता निर्वाचन आयोगले डा.राउतको अभियानलाई निर्वाचनको विरुद्ध नभएको बताउँदै आएको छ ।
सर्वोच्च अदालतले विगतमा ‘राइट टु रिजेक्ट’को प्रावधान निर्वाचनमा राख्न निर्देश गरेका थिए । तर वर्तमान निर्वाचनमा सो प्रावधान राखिएको छैन । जसकारण गठबन्धनले कोठा बाहिर मतदान अभियान चलाएको हो ।
गठबन्धनले एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुको रिहाईको माग गरेको छ भने मानव अधिकारवादी संस्थाहरुसँग पहलको अपील गरेको छ ।

नेपाललाई ‘बहुराष्ट्रिय देश’ भन्दै राजपाको घोषणापत्र सार्वजनिक


७ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाललाई ‘बहुराष्ट्रिय’ देशका रुपमा ब्याख्या गर्दै घोषणा पत्र सार्वजनिक गरेको छ ।
महोत्तरीको जलेश्वरमा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्, जसको प्रस्तावनामा नै नेपाललाई ‘बहुराष्ट्रिय’ देश भनिएको छ ।
‘नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वाशासित प्रदेश तिब्बतमा रहेका उस्तै संस्कृति, भाषा र चालचलनमा सामीप्य भएका समुदायहरुको राष्ट्र एकै भए पनि देश फरक छ’ घोषणापत्रमा भनिएको छ, ‘भारतको दार्जीलिङ सिक्किम, आसाम आदिमा बस्ने खास भाषाभाषी होस् वा नेपालमा बस्ने खस भाषाभाषाी संस्कृति, विचार चाल चलनको आधारमा एकै राष्ट्र हुन् तर, देश फरक छ ।’
‘नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली हुन् । तर, ती सामूहिकरुपमा आफैंमा एक राष्ट्र पनि हो’ घोषणापत्रमा अघि भनिएको छ, ‘जसको निश्चित भूगोल, समान जीवनपद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान छ, यो भारत, मरिसस र अन्य देशका समुदायसँग मेल खान पनि सक्छ ।’
पौराणिक कालदेखिका महर्षि जनक, सीता, गार्गी, याज्ञवल्क्य मैत्रियी एवं २५०० वर्ष पहिले जन्मेका शान्तिदूत गौतम बुद्ध सबै एकै राष्ट्र भएको राजपाको घोषणापत्रमा उल्लेख छ ।

जातीय विविधता एवं भौगोलिक र अन्य तरिकाले फरक हुन गएका राष्ट्रहरुलाई एउटै राज्यमा समाहित र आत्मसाथ गर्ने लोकतान्त्रिक राजनीतिक शासन निर्माण नै आदर्शवादी राजनीतिक चिन्तकहरुका लागि ठूलो चुनौती भएको भन्दै राजपाले भनेको छ, नेपाल निकै लामो समयदेखि यस्तै चुनौतीको सामना गर्दै आएको मुलुक हो ।’
सबै नागरिकले समानता महसुस गर्दा मात्रै एउटा राज्य–राष्ट्र निर्माण प्रारम्भ हुने र यसको प्रस्थानविन्दु लोकतन्त्र र चुनौती विदेभ भएको राजपाको विश्लेषण छ ।
source:-online khabar dot com

Wednesday, November 22, 2017

मधेसी पुत्र-२ को टेलर सार्बजनिक (भिडियो हेर्नुहोस्)

राजविराज, ६ मंसिर । मधेसको बिषय उठान गरेको फिल्म मधेसी पुत्र २ को टेलर सार्बजनिक भएको छ। उक्त टेलर सप्तरी दर्पण यूटूव च्यानेलमा राखिएको छ। फिल्ममा देखाएको द्रिस्य मधेश आन्दोलनको बेलाको माहोल संग मिल छ। साथै द्वोन्दले भरिपुर्ण यस फिल्ममा बोल्ड सिनले नि स्थान पाएको छ।
समसामाइक घटनामा बनेको उक्त फिल्ममा आर्यन महतोको अभिनय रहेको छ भने निर्माता उदित नारायण शाह रहेका छन्।
(भिडियो हेर्नुहोस्)
Source from: natkhat dainik dot com

बाकैँमा गठबन्धन दुवारा सक्रिय मतबदर अभियान प्रचारप्रसार तिब्र ।



६ अगहन २०७४,अगहन  !) र  २१   गते हुन गईरहेको प्रदेश र प्रतिनिधि सभाको चुनावलाई मध्यनजर गर्दे स्वतंत्र मधेश गठबन्धन बाकेँ दुवारा  आज एक कार्यक्रमको बिच औपचारिक रुपमा मतबदर अभियान तिब्र रुपमा सुरु  गरेका छन ।

 गठबन्धनका नेता तथा कार्यकताहरु मधेशी जनताको घरघरमा गई
ब्यालेट पेपरमा कोठा बाहिर तथा दुई वा दुईभन्दाबढि कोठाभीत्र रहेका चिन्ह् मा   मोहर लगाई सक्रिय रुपमा चुनाव बहिसकार गर्न प्रचारप्रसार तथा अपिल गरिरहेका छन ।   

Saturday, November 18, 2017

स्वतन्त्र देश बन्न चाहने संगठनमा मधेश सुचीकृत


काठमाडौं । स्वतन्त्र देश बन्न चाहनेहरुको सुचीमा मधेश सुचीकृत भएको छ ।
विश्वका विभिन्न मुलुकबाट अलग भइ देश बन्न चाहनेहरुको संस्था अनरिप्रजेन्टेड नेशन एण्ड पिपुल्स अर्गनाइजेसन (यूएनपीओ)को मधेश पनि सदस्य बनेको छ ।
उक्त संस्थामा विश्वका ४४ वटा सदस्य छन् ।
डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको पहलमा दर्ता भएको छ । गठबन्धनले यसलाई एतिहासिक दिन रहेको बताएको छ ।
डा.राउतले स्थानीय निकायको निर्वाचनमा कोठा बाहिर मतदान गरेका कारण यूएनपीओको सदस्य बन्न सहज भएको बताएका छन् । उनले आगामी निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत बदर गराउन आग्रह गरेका छन् ।
यूएनपीओका कयौं सदस्यहरु स्वतन्त्र मुलुक भइसकेका छन् ।

Monday, November 13, 2017

आयो गोप्य रिपोर्टः माओवादीका यी नेता खतराको सूचीमा (नाम र निर्वाचन क्षेत्रसहित)


काठमाण्डु, २६ कात्तिक– चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागि परेको छ ।
शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल भएको छ ।
गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकमा उम्मेदवारको सुरक्षामा कमजोरी हुन नदिन तीनवटै सुरक्षा निकायका प्रमुखलाई सापकोटाले निर्देशनसमेत दिएका छन् ।
माओवादी केन्द्रको गढ मानिएका जिल्लामा केन्द्रकै उम्मेदवारमाथि आक्रमण प्रयास भइरहेका छन् । शनिबार रोल्पामा वर्षमान पुन ‘अनन्त’लगायत वाम गठबन्धनका उम्मेदवार सवार गाडीलाई लक्ष्य गरेर माइन विस्फोट गराइएको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले उक्त विस्फोट गराएको सूचना प्रहरीले पाएको छ । शुक्रबार रुकुममा माओवादी केन्द्रकै उम्मेदवार एवं पूर्वगृहमन्त्री जनार्दन शर्मालाई लक्ष्य गरेर बम विस्फोट गराइएको थियो ।
रोल्पा र रुकुम माओवादी केन्द्रको लालकिल्ला मानिए पनि विप्लवका कार्यकर्ताले प्रतिशोधमा र चुनाव भाँड्ने योजनाअनुरूप विस्फोट गराएकाबारे सुरक्षा निकायका प्रमुखले सचिव सापकोटालाई ब्रिफिङ गरेका थिए । स्रोतका अनुसार बैठकमा पुन र शर्मामाथि भएको आक्रमण प्रयासलाई ‘राजनीतिक प्रतिशोध’ का रूपमा समेत विश्लेषण गरिएको थियो ।
सचिव सापकोटाले चुनाव भाँड्ने तत्वमाथि विशेष निगरानी राखेर तत्काल पक्राउ गरी चुनाव अवधिभर थुनामा राख्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएका छन् । ‘चुनाव भाँड्ने तत्वबारे सूक्ष्म निगरानी हुनुपर्‍यो । जहाँ भेटिन्छ पक्राउ गर्नुस् । सरकारकै मन्त्रीमाथि समेत आक्रमण भइरहेको छ । सुरक्षा कमजोरी हुन नदिनोस्’, सापकोटाले अर्याललाई दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘विप्लव माओवादीका कार्यकर्तामाथि विशेष निगरानी गर्नुस् ।’
राष्ट्रिय अनुसन्धान विभागको सूचना संकलन कमजोरी भएको भन्दै चनाखो रहन विभागका प्रमुख दिलीप रेग्मीलाई समेत सचिव सापकोटाले कडा नर्देशन दिए । सापकोटाले सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई पनि सीमा सुरक्षामा विशेष चनाखो रहन निर्देशन दिएका थिए ।
सम्बन्धित् समाचार माओवादी मन्त्रीहरु यसकारण सरकारबाट तत्काल फिर्ता नहुने
वाम गठबन्धनका उम्मेदवारमाथि मात्रै नभएर चुनाव नजिकिँदै जाँदा कांग्रेसलगायत मधेसी गठबन्धनका उम्मेदवारमाथि आक्रमण प्रयास हुन सक्ने भन्दै सचिव सापकोटाले सुरक्षा निकाय ‘हाईअलर्ट’ हुनुपर्ने निर्देशन दिए । विप्लव र उनका कार्यकर्तालाई सामान्य रूपमा नलिन सापकोटाले सुरक्षा निकायका प्रमुखलाई सुझाएका थिए । स्रोतका अनुसार सापकोटा बैठकमा चुनाव भाँड्ने समूहले हतियार विस्फोट गराउन थालेपछि प्रहरीले परिस्थितिअनुसार जफावी फायरिङ गर्न सक्ने छुट प्रहरीलाई भएको स्पष्ट पारेका थिए ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माले शनिबार सुरक्षा समीक्षा बैठक बसेको बताए। ‘निर्वाचनविरोधी गतिविधि गर्ने तत्वमाथि निगरानी राख्न, पक्राउ गर्न र उम्मेदवारसँगै मतदाता र मतदान अधिकृतको सुरक्षामा चनाखो रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइएको छ’, उनले भने । शर्माले यो वा त्यो नभनी निर्वाचन भाँड्न खोज्ने जो(कोहीलाई पनि निगरानी गरेर कारबाहीको दायरामा ल्याउने रणनीति गृहले बनाएको जानकारी दिए ।
माओवादीका उम्मेद्वाहरु को–को छन् प्रमुख निशानामा हेर्नुहोस् सूची
गोरखा
नारायणकाजी श्रेष्ठ
अमर बहादुर गुरुङ
सुनसरी
डम्बर सुवेदी
झापा
सुरेन्द्रकुमार कार्की
मोरङ
शिवकुमार मण्डल
सप्तरी
अशोक कुमार मण्डल
मोहमद सकिल मिया
उमेश कुमार यादव
सिरहा
अजयशंकर नायक
धनुषा
मातृका प्रसाद यादव
रामचन्द्र झा
नवल साह
रामसिंह यादव
महोत्तरी
गिरीराजमणि पोखरेल
सर्लाही
दिनेश राय यादव
रौतहट
सत्यनारायण भगत
प्रभु साह
देवेन्द्र पटेल
पर्सा
रहवर अन्सारी
दोलखा
विशाल खड्का
रामेछाप
श्यामकुमार श्रेष्ठ
सिन्धुली
हरिबोल गजुरेल
सिन्धुपाल्चोक
अग्निप्रसाद सापकोटा
दावा तामाङ
काभ्रेपलाञ्चोक
गंगाबहादुर तामाङ
भक्तपुर
मिलन सुवाल
नुवाकोट
हितबहादुर तामाङ
धादिङ
शालिकराम जमरकट्टेल
जगत सिम्खडा
ललितपुर
पम्फा भुसाल
राजकाजी महर्जन
चितवन
पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौं
अनिल शर्मा
रुद्र बराइली
झक्कुप्रसाद सुवेदी
हितमान शाक्य
तनहुँ
हरिबहादुर चुमान
बाग्लुङ
देवेन्द्र पौडेल
नवलपरासी पूर्व
भविश्वर पराजुली
कास्की
दीपक कोइराला
राजकाजी गुरुङ

अर्घाखाँची
टोपबहादुर रायमाझी
प्यूठान
कृष्णध्वज खड्का
रोल्पा
वर्षमान पुन
रुकुम पूर्व
कमला रोका
पूर्ण बहादुर घर्ति
पाल्पा
वसन्त घर्ती
नवलपरासी पश्चिम
घनश्याम यादव
कन्हैया कहार
बर्दिया
तिलकराम शर्मा
सन्तकुमार थारु
कपिलवस्तु
चक्रपाणि खनाल
जावेद आलम खान
दाङ
कृष्णबहादुर महरा
डोल्पा
वीरबहादुर शाही
कालिकोट
महेन्द्रबहादुर शाही
दुर्गाबहादुर रावल
सल्यान
टेकबहादुर बस्नेत
जाजरकोट
शक्तिबहादुर बस्नेत
रुकुम पश्चिम
जनार्दन शर्मा
रातो कामी
गोपाल शर्मा
सुर्खेत
ठम्मरबहादुर बिष्ट
विन्दमान विष्ट
दैलेख
धर्मराज रेग्मी
डडेल्धुरा
खगराज भट्ट
बैतडी
प्रेमप्रकाश भट्ट
दार्चुला
मानबहादुर धामी
कञ्चनपुर
विना मगर
महेश दत्त जोशी
कैलाली
लेखराज भट्ट
गौरीशंकर चौधरी
नेपबहादुर चौधरी


अन्नपूर्ण पोस्टबाट

Friday, November 10, 2017

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन


कार्तिक २५, २०७४-पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ । विष्टको शनिबार बिहान ज्ञानेश्वरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी क्यान्सर पीडित थिए । विष्ट तीनपटक प्रधानमन्त्री र शाहीकालमा मन्त्रिपरिषद्‍का उपाध्यक्ष भएका थिए ।

स्रोत: ekantipur.com

Monday, November 6, 2017

स्वतन्त्रता आन्दोलन निस्तेज पार्न नेपाली राष्ट्रीयता प्रति वफादारहरूलाई संसदमा ल्याउने योजना : श्याम सुन्दर मण्ड़ल


स्वतन्त्रता आन्दोलन निस्तेज पार्न नेपाली राष्ट्रीयता प्रति वफादारहरूलाई संसदमा ल्याउने योजना...
राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गर्दै सर्लाही -३ र सप्तरी -२बाट ठाकुर र यादवलाई बिजयी बनाउन सो क्षेत्रबाट काँग्रेसले उम्मीदवारी फिर्ता लिएको छ । ठाकुर र यादवजी दुवैले नेपाली सत्ता, संसद र सरकारलाई सधैं सघाउँदै आएका छन । आन्दोलन तीब्र बनिरहेको बेला, मधेशको मैदानमा नेपाली गोलीबाट मधेशीहरू ढलिरहेको बेला मधेशी जनताहरूको ईच्छा आकांक्षा विपरीत तिनी संयोजक र अध्यक्षले प्रधानमंत्रीको चुनावमा प्रचण्ड र सुशील कोईरालालाई वोट हाल्न संसद पुगेका थिए ।
मधेशी जनताको हक-हित, स्वतन्त्रता, स्वाधीनता र नेपाली उपनिवेशमा बाँचि रहेका आम मधेशीहरूका मुक्तिका लागि लड़िरहेका स्वतन्त्र मधेश गठबन्धन र तिनका संयोजक गैर-न्यायिक हीरासतमा रहेका बखत मानवीय नाताका हिसाबले समेत एक विज्ञप्ती सम्म लेख्न आवश्यक ठानेका थिएन । बरू अन्य कार्यकर्ताहरूलाई निरूत्साहित गर्ने, आजाद़ी आन्दोलनलाई बिखण्डन प्रचारित गरी बदनाम गर्ने तथा कार्यकर्ताहरूलाई धरपकड़ गर्दा मौनता साधी नेपाली पुलिस प्रशासनलाई उत्साहित पार्ने वतावरण दिईरहेको देखिन्थ्यो ।
चुनाव हुन नसकि रहेको अवस्थामा मधेशमा नेपाली शासन कमजोर बनिरहेको अवस्थामा मधेश आन्दोलन, काला दीवस, सहीदहरूको आलो रगत सबैलाई बिर्सेर चुनावमा सहभागी भई मेयर मुखिया बनी नेपाली शासनलाई मधेशको गाँव र नगरहरूमा संरक्षित गर्न योगदान दिएका थिए । स्वतन्त्रता आन्दोलन र नेपाली शासनसत्ता बीच अवरोध बनी नेपाली शासनलाई मधेशमा मजबुत बनाई रहेका छन । स्वतन्त्र मधेश गठबन्धन र डा. सीके राउत भन्दा हाम्रा यी नेताहरूका लागि नेपाली शासनसत्ता र त्यहाँको स्वाद बढी प्रिय रहेको सत्य यसले स्पष्ट पारेको छ ।
‘महन्थ ठाकुर र उपेन्द्र यादव जस्ता मधेशीहरू नेपाली संसद र सत्तामा आवश्यक रहेको साथै सांकेतिक रुपमा भएपनि गठबन्धनलाई कायम राख्ने उद्येश्य रहेको बताईए पनि मुख्य रूपमा मधेशमा सल्कि रहेको स्वतन्त्रता आन्दोलनलाई छायाँमा पार्न तथा डा. सीके राउत एवं स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरूलाई लगाम कस्न सहज हुने देखेर उपेन्द्र यादव र महन्थ ठाकुर जस्ता मधेशी नेताहरू आवश्यक हुने उद्येश्यबाटै काँग्रेसको यो निर्णय आएको हो ।
स्मरण रहोस, मधेशी भनिने दलहरू बलियो भई रहुञ्जेल स्वतन्त्रता आन्दोलन कमजोर रहि रहने मान्यता नेपाली शासकहरूको रहेको छ ।
जय मधेश!
कांग्रेसले ठाकुर र यादवलाई समर्थन गरेपछि राजपा-फोरमले धनुषा ३ मा के गर्छ हेर्न बाँकी छ ।
तर, विमलेन्द्र निधिले आफ्नो पहलमा यादव र ठाकुरलाई समर्थन गर्ने निर्णय गरेर धनुषा ३ मा मधेस केन्दि्रत दलका कार्यकर्ताको सहानुभूति आफूतिर तान्न खोजेको संकेत देखिएको छ ।

Sunday, November 5, 2017

स्वतन्त्र मधेश गठबन्धन किसी मुल्क की बिभाजन करनेवाली संस्था नहीं है : श्यामसुन्दर मण्डल


स्वतन्त्र मधेश गठबन्धन किसी मुल्क की बिभाजन करनेवाली संस्था नहीं है । यह शान्ति और अहिंसा के मुख्य सिद्धान्त पर आधारित मधेशियों की स्वतन्त्रता चाहनेवाला एक पवित्र, साफ सुथरा संगठन है । डा. राउत ईस संगठन के लिए मार्ग दर्शक हैं और हर स्वराजी स्वतन्त्र मधेश देश निर्माण में सहयोग करनेवाले 'मधेशी स्वयंसेवक' है ।
हम बस ईतना चाहते हैं कि हम पर हो रहे नेपाली शासन खत्म हो जाय । हमें नेपालियों से प्रेम और सदभाव है, हम चाहते हैं वही प्रेमभाव नेपाली लोग भी मधेशियों पर दिखाएँ । गान्धीजी नें भी बेलायतियों से कहा भारत छोड़ दो अर्थात भारत/भारतीय पर जो तुम्हारा शासन चल रहा है, वह छोड़ दो । गान्धीजी नें भारत का विभाजन नहीं चाहा बल्कि उनका साफ मकसद रहा था भारत पर बेलायतियों के जगह पर खुद भारतीय ही मिलकर अपना शासन चलाए ।
हम स्वराजी/मधेशी भी नेपालियों से उतना ही चाहते हैं । स्वतन्त्र मधेश गठबन्धन चाहती है : मधेश और मधेशियों पर हो रहे नेपाली शासन अन्त हो और उसके बदले मधेश पर हर मधेशी मिलकर खुद अपने से अपना शासन चलाए । यह बिभाजन कहाँ है ?
सभी जानते हैं: मेची से लेकर महाकाली पर्यन्त तक की तराई भुमि मधेश का औपनिवेशिक हीस्सा है । क्यूँकि यह भुमि कभी गोरखा के राजा द्रव्य शाह या नरभुपाल शाह अथवा पृथ्वी नारायण शाह के मातहत नहीं थी । गोरखा राज का सीमाना झापा और कंचनपुर तक फैली हुई नहीं थी । कथित एकिकरण कर्ता माने जानेवाले राजा पृथ्वी नारायण शाह किसी नेपाल देश के राजा नहीं थे, वे खुद सन् १७४३ में गोरखा के राजा नियुक्त हुए थे । क्या सन् १७४३ साल में झापा, सप्तरी, धनुषा, चितवन, कपिलबस्तु, बाँके, दांग, कंचनपुर की भुमि गोरखा या नेपाल अधिनस्थ थे ?
अगर नहीं, तो ईससे साफ स्पष्ट होती है कि सन् १७४३ पुर्व हमारी यह भुमि नेपाल या गोरखा में नहीं थी । छल, प्रपंच से संधी सम्झौते के मार्फत मधेशी से पुछे बगैर चोर की भाँती कब्जा किया गया भुमि से नेपाली शासन फिर्ता कराने की अभियान किस हीसाब से बिखण्डन होगा ? छल और प्रपंच से कब्जा किया गया जमीन वापस फिर्ता माँगना और उस भुमिके आदिबासियों पर जबरन दुसरों के द्वारा चलाए जा रहे शासन को खत्म कर खुद मधेशियों का शासन कायम करवाने का अभियान कैसे गलत हो सकता है?
स्वतन्त्र मधेश गठबन्धन द्वारा चलाए जा रहे मधेश देश निर्माण का यह अभियान स्वतन्त्रता अभियान है । आजाद़ी का अभियान है । मधेश मुक्ति का उत्कृष्ठ और गौरवशाली अभियान है । आईए सभी मिलकर संघर्ष करें और फिर से स्वतन्त्र मधेश देश का निर्माण करें ।
जय मधेश!

लोकप्रिय

Contact Us

Online Saptari Khabar
Address: Bhardaha-1, Saptari Nepal
E-mail: ganeshrautchandan@gmail.com
Mobile: +977-9817363128
Editor: Mr. Ganesh Raut

Blog Archive