एउटा प्रदेश प्रमुख #थारु आदिवासीलाई बनाउने श्रेय कसले लिने ? मौका न गुमाऔं।
प्रदेश नं ५ मा न सके, प्रदेश नं २ को प्रदेश प्रमुख फिर्ता बोलाई कैलाली वा दांगका थारु महिलालाई बनाऔं।
प्रदेश नं ५ मा न सके, प्रदेश नं २ को प्रदेश प्रमुख फिर्ता बोलाई कैलाली वा दांगका थारु महिलालाई बनाऔं।
नेपाली औपनिवेशिक शासनले सबैभन्दा बढी उत्पीडित भएका मध्ये पर्छन् थारु। उनीहरुको जमीन मात्रै खोसिएन, उनीहरुलाई कमैया कमलरी हलिया बनाएर २१औं शताब्दी सम्म पनि शोषण जारी नै राखियो। राणाकाल देखि नै पटक-पटक आन्दोलनमा उनीहरुले बलिदानी दिइ राखे, यहाँ सम्म कि माओवादी आन्दोलनमा उनीहरु शहादत दिन अग्रपंक्तिमा देखिए, हजारौं हजार थारुले बलिदानी दिए।
सैयौं वर्षदेखि यसरी दासत्वमा पिल्सेर वाँच्न विवश थारुलाई अधिकार मात्रै हैन, सम्मानको पनि उतिकै आवश्कता छ, आफ्नोपनको न्यानोको पनि उत्तिकै आवश्कता छ। मधेश आन्दोलन-३ को शुरुवात् पनि उनीहरुकै विरोधबाट शुरु भएको थियो, तर दुर्भाग्य टीकापुर घटना देखि रेशम चौधरीजी निर्वाचित हुँदा सम्म पनि उनीहरुलाई एक्लै-एक्लै बेसहारा छाडियो, टीकापुर वा अन्य क्षेत्रका थारुहरुको घाऊमा मलहम लगाउन समेत मधेशी नेताहरु अगाडि बढेनन्।
तसर्थ यस पृष्टभूमिमा प्रदेश नं २ वा ५ को एउटा प्रदेश प्रमुख थारु आदिवासी, सके महिलालाई, बनाउँदा अति उत्तम हुनेथ्यो। अहिले पनि समय पूरै विति सकेको छैन, अहिले पनि एउटा प्रदेशमा अहिलेको प्रदेश प्रमुखलाई फिर्ता बोलाएर गर्न सकिन्छ। प्रदेश नं ५ मा गर्न न सके, प्रदेश नं २ कै प्रदेश प्रमुख
पश्चिमी जिल्ला (कैलाली, दांग आदि) का थारु आदिवासीलाई बनाउँदा झन् सकारात्मक संदेश दिनेछ।
पश्चिमी जिल्ला (कैलाली, दांग आदि) का थारु आदिवासीलाई बनाउँदा झन् सकारात्मक संदेश दिनेछ।
यो मौका न गुमाऔं, मधेशी नेताहरुसँग हाम्रो आग्रह छ। अन्यथा १-२ महिनामा आउने सरकारले त्यसै पनि प्रदेश प्रमुख बदल्ने नै छ।
डा. सी. के. राउत को फेसबुकबाट साभार |
२२ माघ २०७४, सोमबार १०:५० मा प्रकाशित
0 comments:
Post a Comment