Thursday, February 15, 2018

‘राज्य विप्लवका’ चार मुद्दामा सिके राउतले विषेश अदालतबाट सफाई पाए


काठमाडौं, ३ फागुन । राष्ट्रिय अखण्डताविरोधी गतिविधी गरेको आरोपमा राज्य विप्लवको मुद्दा चलाइएका चन्द्रकान्त राउत(सिके) लाई विशेष अदालतले सफाई दिएको छ।
यसअघि सोही मुद्दामा प्रमाण अभाव र इन्कारी बयान दिएर छुटेका राउतविरूद्ध गत माघमा प्रहरीले स–प्रमाण मुद्दा दर्ता गरेको थियो। विशेष अदालतका न्यायाधीश रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोद वैद्य श्रेष्ठको इजलासले सिके राउतविरुद्धका चारथान मुद्दामा सफाई दिने फैसला गरेका हुन्।
राउतसहित १७ जनाविरुद्ध एकथान र अन्य तीनमा राउतसहित चारजनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको थियो। अदालतले चारै थान मुद्दामा राउतसहित सबै प्रतिवादीलाई सफाई दिएको हो। अदालतका श्रेष्तेदार भीमकुमार श्रेष्ठले राउतविरुद्धका चारै थान मुद्दामा सफाईको फैसला भएको नेपालखबरलाइ बताए। फरक फरक स्थानमा भएका घटनालाई लिएर दर्ता भएका राज्य विप्लबका मुद्दामा राउतसहित सबै प्रतिवादीले सफाई पाएको बताए।
जिल्ला प्रहरी कार्यालय सिरहाले राज्यविरुद्धको अपराधसम्बन्धी अभियोगमा राउतलाई राष्ट्रिय अखण्डता विरोधी भाषण गरेको १५ दिनपछि पक्राउ गरेर कारवाही थालेको थियो। राउतले उपस्थितमात्र हुने जनाउ दिएको गत माघ ५ को कार्यक्रममा स्वराज मधेश भन्दै देशबाट मधेश अलगगर्ने सार्वजनिक अभिब्यक्ति दिएका थिए। प्रहरीले राउतलाई जनकपुरस्थित डेराबाट पक्राउ गरेर कारवाही थालिएको थियो।
मुद्दामा सफाइ पाएसँगै राउतले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै सत्यको विजय भएको दाबी गरेका छन्।
साभारः नेपाल खबरबाट

0 comments:

Post a Comment

लोकप्रिय

Contact Us

Online Saptari Khabar
Address: Bhardaha-1, Saptari Nepal
E-mail: ganeshrautchandan@gmail.com
Mobile: +977-9817363128
Editor: Mr. Ganesh Raut