विराटनगर १० माघ । विराटनगरमा यसै साता दुईवटा गुण्डागर्दी शैलीमा व्यापारीहरु माथी आक्रमण भएका छन् । गत शुक्रबार गुद्री बजारमा र त्यस लगतै भोली पल्ट शनिबार बरगाछीमा पनि केही गुण्डाहरुका समुहले ट्याक्टर चालकमाथी आक्रमण गरि घाईते बनाएका छन् ।
गुद्री बजारमा आलु प्याजको होलसेल ब्यवसायी तथा बसपार्क मा रहेको अन्नपूर्ण पेट्रोल पम्प संचालक पशुपति भगत विराट नर्सिङमा उपचारर्थ ।

यसैविच बिराटनगर महानगरपालिका ९ गुद्रीमा आलु प्याजको होल्सेल ब्यवसायी तथा बसपार्क मा रहेको अन्नपूर्ण पेट्रोल पम्प संचालक पशुपति भगतलाई गत शुक्रबार साँझ एलिस गुरुङ्गको समूहले योजना बनाएर आक्रमण गरेका थिए । कुखुरीसहित हातहतियारले भगतलाई आक्रमण गरेर सख्त घाइते बनाएका थिए । आक्रमणबाट भगतको घुँडा, हात, टाउकोमा गहिरो चोट लागेको छ । भगतको अहिले विराटनगर अस्पतालमा उपचार भईरहेको छ । भगतलाई योजनावद्ध रुपमा गुण्डागर्दीको समुहले आक्रमण गरेर मणसन्न हुने अवस्थमा पुर्याएको भन्दै गुद्री बजार व्यावस्थापन समितीले एक दिनका लागी गुद्री बजार बन्द गर्ने निर्णय गरेको छ ।
गुण्डागर्दीमा संग्लनहरुलाई चाडो भन्दा चाडो पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै सब्जी मण्डी तथा गुद्री बजार व्यावस्थापन समितिले माघ ११ गते विहीबारका दिन सम्पुर्ण गुद्री बजार बन्द गर्ने भएको हो ।
गुण्डागर्दीमा संलग्न हुँदै आएका युवाहरुलाई प्रहरी प्रशाासनले गम्भिर रुपमा नलिएको र गुण्डागर्दीमा संग्लन समुहलाई कारबाही नै गरेको भन्दै आफूहरुले प्रशासनलाई दबाव दिने स्वरुप एक दिनका लागी गुद्री बजार बन्द गर्न लागीएको सब्जी मण्डी तथा गुद्री बजार व्यावस्थापन समितिलका सचिव साहव अहमद गुड्डुले जानकारी दिए ।
भगतलाई आक्रमण गर्ने मध्येका सिद्धिकेताज बबरलाई मोरङ प्रहरीले पक्राउ गरी ज्यान मुद्धाको केसमा थुनामा राखेको छ भने आक्रमणमा अन्य युवाहरु भने फरार छन् ।
उता मोरङको कटहरीबाट उखु लिएर सुनसरीको चिमडिस्थित इस्र्टन सुगरमिल जान लागेका ट्याक्टर चालकहरुलाई गुन्डाहरुको समुहले गत शनिवार राति स्थानिय जामुनगाछी चोककमा रकम माग गर्दै कुटपीट गरेका छन् । बरगाछीचोक पश्चिमतर्फ ट्याक्टरमा उखु लिएर जांदै गरेका ट्याक्टर चालकहरुलाई मादकपदार्थ सेवन गरेका ६ जनाको समुहमा रहेका टोले गुन्डाहरुले जामुनगाछीमा बाटो छेकेर कुटपीट गरेका छन् ।
जामुनगाछीचोकमै रहेको राजेश होटलमा मादक पदार्थ सेवन गरेका युवाहरुको सो समुहले विल नतिर्ने भन्दै सो होटलमा समेत तोडफोड गरेका थिए ।
होटलमा तोडफोड गरेर बाहिरिएको सो समुहले उखु लोड गरिएका ट्याक्टरहरुलाई बाटो छेक्दै चालकहरुलाई कुटपीट गरेको थियो । कुटपीटबाट को २ त २२५६ नम्बरका ट्याक्टर चालक कटहरी ६ का ५० बर्षिय जुमराती शेख घाईते भएका छन । उनको स्थानिय लाईफगार्ड अस्पतालमा उपचार भइरहेको छ । गुन्डाहरुको समुहले उनलाई बियरको बोतलले टाउकोमा प्रहार गरेका थिए । शेखसंगै को २ त १४०५ नम्बरका अर्का ट्याक्टर चालक मोहम्मद जावेदलाई समेत गुन्डाहरुको समुहले कुटपीट गरेको छ । उनको निधारमा चोट लागेको छ । ट्याक्टर चालकहरुलाई कुटपीट गर्न थालेपछि जोगाउन गएका स्थानियवासीलाई समेत युवाहरुको समुहले हातपात गर्दै ज्यान मारिदिने धम्की दिएका थिए । प्रहरीले कुटपीटमा संग्लन २ जनालाई भने पक्राउ गरी सार्वजनिक मुद्धा लगाईसकेको नगरप्रहरी डिएसपी सुरेन्द्र सिटौलालले जानकारी दिए ।

केहि समयअघि मात्र प्रिन्स केबलमा कार्यरत रकम संकलन गर्ने एक महिला कर्मचारीलाइ पनि दिनदाहाडै पैसा सहित लुटपाट गरिएको थियो
ourbiratnagar dot net
0 comments:
Post a Comment