Monday, December 18, 2017

विवाहमा दाईजो नल्याएको भन्दै मोरङको उर्लाबारीमा गीता पौडेललाई श्रीमान र सासू मिलेर घर निकाला


विराटनगर, ३ पुस । विवाहमा दाईजो नल्याएको भन्दै मोरङको उर्लाबारीमा एक युवतीलाई श्रीमान र सासू मिलेर घर निकाला गरेका छन् । विवाह गरेर ल्याएको सात महिनामै उर्लाबारी २ की १८ वर्षीय गीता पौडेललाई घर निकाला गरिएको हो ।

विवाह गर्ने क्रममा दाईजो नचाहिने भनेर भने पनि अहिले आएर दाईजो नल्याएको बहानामा यातना दिने काम भइरहेको उहाँले बताउनु भयो । उर्लाबारी ४ माईत रहेकी गीताको विवाह गत बैशाखमा उर्लाबारी २ का चन्द्रबहादुर पौडेलसंग भएको थियो ।


उहाँले परिवारका सदस्यले यातना दिनुका साथै भैंसी गोठमा लगेर आफूलाई राखिदिएको गुनासो गर्नु भयो । पीडित गीताले माईतमा सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको बताउँदै आफूलाई न्यायका लागि पहल गरिदिन आग्रह गर्नु भएको छ ।

यस विषयमा उर्लाबारी नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी दर्ता भएर छलफल भइसके पनि निस्कर्ष केही निस्किएको छैन । न्यायिक समितिकी प्रमुख उपमेयर लक्ष्मी भण्डारीले दुई पक्षलाई पुन छलफलमा राखेर यो कुरा टुङ्ग्याउने तयारी भइरहेको बताउनु भयो ।

0 comments:

Post a Comment

लोकप्रिय

Contact Us

Online Saptari Khabar
Address: Bhardaha-1, Saptari Nepal
E-mail: ganeshrautchandan@gmail.com
Mobile: +977-9817363128
Editor: Mr. Ganesh Raut