Thursday, December 21, 2017

सीके राउतको भूमिका राखेको भन्दै ‘मधेशी पुत्र–२’ प्रदर्शनमा रोक



काठमाडौं, ६ पुस । अनुरागी फिल्म् प्रा.लि.को ब्यानरमा निर्माण भएको “मधेशी पुत्र–२” कथानक चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले पास गरेन ।
चलचित्रमा प्रयोग भएका अपाङ्ग सरकार, छक्का, घण्टा जस्ता शब्दहरु म्यूट गर्ने, टाउकोमा गोली हानेको दृश्यहरु ब्लर गर्न लगाउने र सीके राउत भन्ने पात्रको भूमिका र प्रसंग पूर्णरुपमा हटाउन समितिले निर्णय गरेको छ ।
मधेशी पुत्र–२ का लेखक निराजन मेहताले तराई–मधेशको वास्तविक राजनीतिक घटित घटनामा आधारित भएकोले समितिले भनेअनुसारका दृश्यहरु हटाउन नमिल्ने बताएका छन् ।

यस्ता दृश्य तथा सम्वादहरु अन्य नेपाली चलचित्रहरुमा हुँदा केही फरक नपर्ने तर मधेशको राजनीतिक घटनाका बारे निर्माण भएको चलचित्रमाथि रोक लगाउनु मधेशीसँगको विभेदको निरन्तरताकै क्रम नै रहेको लेखक मेहता बताउँछन् ।

Monday, December 18, 2017

मधेशीलाई कसैले समुदाय न भन, मधेश प्राचीनतम राष्ट्रहरू मध्ये एक उत्थिष्ट राष्ट्र हो - श्याम सुन्दर मण्डल


मधेश छुट्टै राष्ट्र हो, नेपाल भन्दा बिलकुल भिन्न । नेपाली सभ्यताले भाषा विकास गरेको सय वर्ष नाघेको छैन तर मधेशी सभ्यताद्वारा विकसित भएको भाषा, संस्कृति, रहनसहन, पर्व-त्यौहार, अनि वेशभुषाले हजारौं वर्ष पार गरिसकेको छ। मैथिली, भोजपुरी, अवधी त्यति बेलाको हो, जतिबेला नेपाल र नेपालीको भ्रूण समेत कहीं अस्तित्वमा थिएन ।
गोरखालीबाट नेपालीमा बदलेको त पृथ्वी नारायण शाहको राज्याभिषेख (सन् १७४३) पश्चात मात्र हो । त्यो भन्दा अगाड़ी सम्म मधेशको एक ईञ्च भुमि गोरखा साम्राज्यमा कतै थिएन, सबैलाई हेक्का होस ।
छल, प्रपंच, र अँग्रेजको चाकड़ीबाट हिजो जन्मेको राष्ट्रका घोर राष्ट्रवादीहरूले हजारौं वर्षको सभ्यतालाई गाली गरिरहेको छ ।
धोती लगाएको देउतालाई पुजा गर्ने अनि त्यही धोती लगाएको मान्छेलाई दास बनाउने ? कालो वरणका जनक, बुद्ध र जानकीलाई राष्ट्रीय विभुति मान्ने अनि तिनै जनक, बुद्धका शासनभित्र बसेका कालाहरूलाई बिहारी धोती भनेर अपमान गर्ने ?
स्मरणमा रहोस, मधेशीहरू अब त्यतिबेला सम्म मात्र नेपाल राष्ट्रलाई स्वीकारी रहनेछन, जतिबेला सम्म मधेशी ईतिहास, सभ्यता, प्रतिष्ठा, अस्तित्व र पहिचानका बारेमा नेपाली शासनद्वारा भ्रमित रहनेछन ।

विवाहमा दाईजो नल्याएको भन्दै मोरङको उर्लाबारीमा गीता पौडेललाई श्रीमान र सासू मिलेर घर निकाला


विराटनगर, ३ पुस । विवाहमा दाईजो नल्याएको भन्दै मोरङको उर्लाबारीमा एक युवतीलाई श्रीमान र सासू मिलेर घर निकाला गरेका छन् । विवाह गरेर ल्याएको सात महिनामै उर्लाबारी २ की १८ वर्षीय गीता पौडेललाई घर निकाला गरिएको हो ।

विवाह गर्ने क्रममा दाईजो नचाहिने भनेर भने पनि अहिले आएर दाईजो नल्याएको बहानामा यातना दिने काम भइरहेको उहाँले बताउनु भयो । उर्लाबारी ४ माईत रहेकी गीताको विवाह गत बैशाखमा उर्लाबारी २ का चन्द्रबहादुर पौडेलसंग भएको थियो ।


उहाँले परिवारका सदस्यले यातना दिनुका साथै भैंसी गोठमा लगेर आफूलाई राखिदिएको गुनासो गर्नु भयो । पीडित गीताले माईतमा सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको बताउँदै आफूलाई न्यायका लागि पहल गरिदिन आग्रह गर्नु भएको छ ।

यस विषयमा उर्लाबारी नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी दर्ता भएर छलफल भइसके पनि निस्कर्ष केही निस्किएको छैन । न्यायिक समितिकी प्रमुख उपमेयर लक्ष्मी भण्डारीले दुई पक्षलाई पुन छलफलमा राखेर यो कुरा टुङ्ग्याउने तयारी भइरहेको बताउनु भयो ।

Sunday, December 17, 2017

डा.सि.के.राउतको अवहानमा आजाद मधेशको पक्षमा रूपन्देहीमा १ लाख ५० हजार भन्दा बढि मत बदर( कोठा बहिर)



रूपन्देही,०७४ पुस २
भैरहवा , बैज्ञानिक डा.सि.के.राउतको अवहानमा स्वतन्त्र मधेशको समर्थनमा रूपन्देही जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रको मत गणना निर्वाचन आयोगको कार्यालय रूपन्देहीले सर्बजनिक गरे बमोजिम प्रत्येक्ष तर्फ प्रतिनिधि सभामा कुल खसेको मत ३९२५१९ मध्ये ३७०४०० सदर मत र २२११९ मत बदर( कोठा बहिर) रहेको छ । भने प्रदेश सभामा कुल खसेको मत ३९२२६५ मध्ये ३७२६८३ सदर मत र १९५८२ बदर मत ( कोठली बहीर ) गरि प्रदेश सभा ±प्रतिनिधि सभाको जम्मा गरि ४१७०१ बदर मत रहेको छ ।


भने समानुपातिक तर्फ प्रदेश सभामा ६५२३७ र प्रतिनिधि सभामा ४२१५९ गरि जम्मा १०७३९६ मत बदर( कोठली बहीर ) आदरणीय मधेशी जनसमुदायले दिएकोमा गठबन्धन रूपन्देही अभार प्रकट गर्न चहान्छ । साथै गठबन्धनका जिल्ला संयोजक भोपेन्द्र यादवको तर्फबाट पनि स्वतन्त्रता सेनानी सबै मधेशी जनसमुदाय र स्वराजीहरूलाई धेरै धेरै धन्यबाद । यो जनताको मत हो यसले स्वराज अभियानलाई अझ सशक्त बनाएको छ । यो मतले साशक वर्गलाई सबक सिखाउन मद्धत अवाश्य गर्ने छ । जनताको मतलाई हामी खेर जान दिने छैनौं मधेश आजाद गराएर नै छाडछौं । स्मरण रहोस रूपन्देहीमा" कोठली बहिर र जैसे भी हो भोट बदर हो " अभियान चलाईएको थियो ।

Wednesday, December 13, 2017

डा. सीके राउत रिहा


जनकपुरधाम, २७ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत रिहा भएका छन् ।
गत बिहीबार प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका दिन डा. राउतलाई जनकपुरधामस्थित उनको डेराबाट प्रहरीले उनको घरको ताल्चा फुटाइ गिरफ्तार गरेको थियो ।
डा. राउतका विरुद्ध कुनै ठोस प्रमाण प्रहरीले अदालतमा पेश गर्न नसकेपछि अदालतले रिहा गर्न आदेश दिएको हो । 
डा. राउतले निर्वाचनको पूर्वसन्ध्यामा कोठाबाहिर मतदानका लागि सामाजिक सञ्जालमार्फत् एक भिडियो सार्वजनिक गर्दै आह्वान गरेका थिए ।

बदर मत : सबैभन्दा बढी २ नं प्रदेशमा ,सबैभन्दा कम मनाङमा


रासस काठमाडौँ, २७ मंसिर ,
पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १८ प्रतिशत मत बदर भएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई– मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको पाइएको जानकारी दिए । उनका अनुसार, सबैभन्दा कम मनाङमा शुन्य दशमलव ३७ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा बढी २ नं प्रदेशका जिल्लामा झण्डै नौ प्रतिशतसम्म मत बदर भएको छ ।
काठमाडाै‌ उपत्यकाका जिल्लामा तीन दशमलव ८१ प्रतिशत भन्दा कम नै मत बदर भएको तथ्यांक रहेको उनले बताए । निर्वाचन आयोगले ५ प्रतिशतभन्दा कम नै मत बदर हुने अपेक्षा गरेको थियो ।
संविधानसभाको ६४ सालको निर्वाचनमा पाँच दशमलव १५ प्रतिशत मत बदर भएको थियो भने २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा चार दशमलव ९४ प्रतिशत मत बदर भएको हो ।
आज आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा यादवले अबको तीन दिनभित्रै समानुपातिक तर्फको सबै मतपरिणाम सार्वजनिक हुने बताए ।

लोकप्रिय

Contact Us

Online Saptari Khabar
Address: Bhardaha-1, Saptari Nepal
E-mail: ganeshrautchandan@gmail.com
Mobile: +977-9817363128
Editor: Mr. Ganesh Raut